नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले अफगानिस्तानलाई दियो २२९ रनको लक्ष्य

सोमबार मङ्सिर १०, २०८१/ Monday 11-25-24
Paschim Today

काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दै छ ।

जारी खेलमा नेपालले अफगानिस्तानलाई २२९ रनको लक्ष्य दिएको छ ।

 

 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनयो । नेपालमा पदम बढाइलाले ५१ बलमा अविजित ९२ रन बनाए भने नरेश चौधरीले ६२ बलमा ७२ रन बनाए ।

नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । आज केही पक्षमा सुधार गर्दै नेपालले जितको अपेक्षा राखेको कप्तान र प्रशिक्षकले जनाएका छन् ।

आजको खेल पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न पनि सकिनेछ ।