रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो
मंगलबार पौष २, २०८१/ Tuesday 12-17-24
Paschim Today
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई त्यसअघि थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराइएको हो ।
कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।
तपाईको प्रतिक्रिया