कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने वीरबहादुर पक्राउ

सोमबार पौष ८, २०८१/ Monday 12-23-24
Paschim Today

कञ्चनपुरः कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–३ का ४२ वर्षीय वीरबहादुर ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर बहुविवाह गराउन भूमिका खेलेको उनीमाथि आरोप छ। मालीले ३१ वर्षीया एक युवतीलाई झुक्याएर विवाह गरेका थिए। माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।