गोली लागेर युवकको मृत्यु : दाहसंस्कार रोकी अनुसन्धान गर्दै प्रहरी
शनिबार माघ ५, २०८१/ Saturday 01-18-25
Paschim Today
काठमाडौँ : जंगलमा सिकार खेल्न गएका बेला गोली लागेर दाङमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।
कुसारीको गोली हानी हत्या गरेको अभियोगमा शनिबार दंगीशरण- २ का छविलाल डांगी र पुष्प बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । उनीहरूको साथबाट एउटा भरूवा बन्दुक पनि बरामद भएको तिमिल्सिनाले बताए ।
तपाईको प्रतिक्रिया