अमेरिकी भन्सार महसुलविरुद्ध मुद्दा हाल्ने चिनको तेतावनी

आइतबार माघ २०, २०८१/ Sunday 02-02-25
Paschim Today

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

यसबारे चीनको वाणिज्य मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ, जसमा यो कदमको विरुद्धमा जवाफी कारबाही गर्ने भनिएको छ ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ । यसले विश्व व्यापार सङ्गठनको नियमको ‘गम्भीर उल्लङ्घन’ भएको छ ।”

चीनले यस्तो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक रहेको बताएको छ ।

चीनले अब अमेरिकाको ‘गलत व्यवहार’विरुद्ध विश्व व्यापार सङ्गठनमा मुद्दा हाल्नेछ र आफ्नो अधिकार र हितको रक्षा गर्न प्रतिकारात्मक कदम चाल्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चीनले अमेरिकालाई आफ्नो गलत अभ्यास सच्याउन र समस्याको सामना गर्न चीनसँग मिलेर काम गर्न अपील गरेको छ । विभिन्नता हटाउन र पारस्परिक लाभ, सम्मान र समानताको आधारमा पारस्परिक सहयोग सुदृढ गर्ने काम गर्नु पर्छ ।”

यसअघि करको विषयमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङको वक्तव्य चीनको आधिकारिक समाचार संस्था सिन्ह्वामा प्रकाशित भएको थियो ।

यसले भन्यो कि ट्यारिफ उपाय न त चीन, न संयुक्त राज्य वा बाँकी विश्वको हितमा छ ।