होलसेल व्यवसायी संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा कार्की

आइतबार माघ २०, २०८१/ Sunday 02-02-25
Paschim Today

धनगढी, २० माघ ।
धनगढी होलसेल व्यवसायी संघको छैठौ साधारण सभाले बीर बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारण सभाबाट उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा जयन्द्र स्वाँर, उपाध्यक्षमा विनोद कुमार जिसी, महासचिवमा यमनाथ सिग्देल, कोषाध्यक्षमा कोपिला कुवँर र सचिवमा रेखा वास्तोला चयन भईन् ।

त्यस्तै सदस्यमा ईन्दिरा सिटौला, कल्पना पौडेल, सुशिल शाही, कमल सुवेदी, रामचन्द्र पनेरु, योगेन्द्र भट्ट र महादेव भट्ट चयन भएका छन् ।

छैठौ साधारण सभाका अवसरमा संघले रक्तदान कार्यक्रम, चौथो कर्मचारी पेनाल्टी सुट आउट लगायतका बिबिध कार्यक्रम आयोजना गरेको थियो ।

पेनाल्टी सुट आउटमा सुधा व्याग हाउस बिजेता भयो । कमलामाई टे«डर्स र एवीआर ईन्टरप्राईजेज दोस्रो र तेस्रो भए ।

त्यस्तै एवीआर ईन्टरप्राईजेजका नरेन्द्र चौधरी उत्कृष्ट गोलरक्षक भए भने उत्कृष्ट गोलकर्ताको उपाधी कमलामाई टे«डर्सका गौरव महतोले हात पारे ।