नक्कली प्रमाणपत्र बनाएर नियुक्त भएका बझाङका शिक्षकलाई भ्रष्टाचार मुद्दा

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25
Paschim Today

बझाङ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले शिक्षक नियुक्तिमा नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिकाका एक शिक्षकविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।अनुसन्धानका क्रममा जयपृथ्वी नगरपालिका -९ देवलमा रहेको जलापा माध्यमिक विद्यालयका प्रशिक्षक दीपक बोहराले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको हो।

 

बोहराले उच्च माध्यमिक शिक्षा परिषद, नेपाल (Higher Secondary Education Board, Nepal) बाट जारी भएको +२ तहको  लब्बाध‌ंकपत्र (Transcript)  किर्ते गरी शिक्षक पदका लागि आवेदन दिएका थिए। 

अख्तियारले बोहराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कारबाही गर्न विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। उक्त प्रकरणमा अनुसन्धानपछि प्रमाणित तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

 

पुस २१ गतेबाट लागू हुने गरि बाेहराले राजीनामा दिएको विद्यालय प्रशासनले जानकारी दिएको छ।