बैतडीमा भीरबाट लडेर एक वृद्धको मृत्यु

बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today

बैतडी–बैतडीमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका–६ रोसेरागाउँका ७२ बर्षीय हरिदत्त जोशीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

बुधबार दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएका जोशी लडेर गम्भीर घाइते भएका थिए । भीरबाट उनी डेढ सय मिटर तल खसेका बताइएको छ । 

घाइते जोशीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याउँदा बुधबार साँझ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।