बंगलादेशमा फेरि भड्कियो हिंसा

बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today

ढाका : अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शनअघि बुधबार राती बंगलादेशका धेरै शहरमा फेरि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

प्रदर्शनकारीले पूर्व प्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान ुबंगबंधुु को ढाकास्थित धनमन्डी(३२ मा रहेको निवासमा तोडफोड तथा आगजनी गरेका छन्।

त्यस्तै खुलनामा शेख हसिनाका काकाका छोराहरु शेख सोहेल, शेख ज्वेलको घर बुलडोजरले भत्काइएको छ। सामाजिक सञ्जालमा 'बुलडोजर र्‍याली' को घोषणा भएपछि हिंसा भएको थियो। आक्रमण हुँदा सुरक्षाकर्मी पनि उपस्थित भएको तर भीड नियन्त्रणमा लिन नसकिएको जनाइएको छ।

बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका जनाइएको छ।

भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि हिंसा सुरु भएको थियो। बंगलादेशको अग्रणी अखबार ुद डेली स्टारु मा सामाजिक सञ्जालमा भाइरल पोस्टहरू अनुसार शेख हसिनाको ुबंगलादेश विरोधी गतिविधिु का कारण यो विरोध प्रदर्शन गरिएको उल्लेख गरेको छ।

शेख हसिनाका विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले के गरे ?

प्रदर्शनकारीले शेख हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा शेख हसिनाले फेसबुक मार्फत बोल्ने जनाइएको थियो। कार्यक्रमको समय राति ९ बजे तोकिएको थियो।

यो कार्यक्रमको खबर फैलिने बित्तिकै प्रदर्शनकारीहरूले ुबुलडोजर प्रदर्शनु को आह्वान गरेका थिए। उक्त प्रदर्शन राती ९ बजे बाट सुरु हुने जनाइएको थियो।

तर बेलुका ८ बजे नै भेदभाव विरोधी आन्दोलनका संयोजक हसनत अब्दुल्लाहको अपीलपछि, बेलचा र हथौडा लिएर सयौं प्रदर्शनकारीहरू धनमण्डी(३२ मा प्रवेश गरे।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्र बिगारे।

राती ९स्३० बजे भवनमा आगो लागेको थियो। अनि मध्यरात हुनुभन्दा केही समय अगाडि डोजर त्यहाँ आइपुगे। यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइयो।

एक प्रदर्शनकारीले उनीहरूले संग्रहालयमा परिणत भएको घरलाई ुफासीवादु को प्रतीक भएकोले जलाउन चाहेको बताए।