बैतडीमा ढुङ्गाले लाग्दा एक महिला घाइते
बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/aa_642025-02-06-05-57-08.jpeg)
बैतडीः बैतडीमा ढुङ्गाले लाग्दा एक महिला घाइते भएकी छन्।
जिल्लाको दोगडाकेदार गाउँपालिका–२ धमानीमा जेसीबिले रोड काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लाग्दा २० वर्षीया भागरती कार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते भागरतीको जिल्ला अस्पताल बैतडीमा सामान्य उपचार पछि थप उपचारका लागी धनगढी रेफर गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया