यूएसएडमा काम गर्ने २९० जना कर्मचारीको मात्रै जागिर बच्ने
![](https://paschimtoday.com/uploads/news/images/Trump-musk-____new-(1)2025-02-10-12-03-44.jpeg)
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएडमा काम गरेका १४ हजार कर्मचारीहरूमा २९० जनाको मात्रै जागिर बच्ने भएको छ ।
यूएसएडकी पूर्वप्रशासक सामन्था पावरले हासलौ अमेरिकी अखबार न्यू योर्क टाइम्समा एक आलेख लेखेर यस्तो बताएकी हुन् ।
अमेरिकाको विदेश नीतिलाई फाइदा गर्नेगरी विश्वभर राजनीतिक पुँजी बनाएर तथा धेरै मानवीय सेवाहरूमा यूएसएड महत्त्वपूर्ण भएको भन्दै पावरले बन्द हुनु खराब भएको तर्क गरेकी छिन् ।
उनले यूएसएड बन्द भएर स्टेट डिपार्टमेन्टमा गाभिएमा विश्वभरका ‘तानाशाह’लाई फाइदा पुग्ने बताएकी छिन् । पावरले चीन र रुसलाई त्यसले फाइदा हुने बताएकी छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनले नियुक्त गरेका डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएन्सी (डज) प्रमुख एलन मस्कले यूएसएडमा तारन्तार आक्रमण गरिरहेका छन् ।
हालसालै सामाजिक सञ्जालमा यूएसएडकी पूर्व प्रशासक पावरको अस्वभाविक सम्पत्ति भएको चर्चा चलेको छ ।
मस्कले पनि सेयर र कमेन्ट गरेको सामाजिक सञ्जाल एक्सको चर्चामा पावरको सम्पत्ति ६७ लाख अमेरिकी डलरबाट बढेर ३ करोड पुगेको बताइएको छ ।
१ लाख ८० हजार डलर तलब हुने कर्मचारीको यो सम्पत्ति अस्वभाविक भएको बताइएको छ । मस्कले उक्त जानकारी सेयर गरेर लेखेका छन्, ‘यो शङ्कास्पद सुनिन्छ ।’
तपाईको प्रतिक्रिया