शेयरबजारमा दोहोरो अंकको गिरावट
सोमबार माघ २८, २०८१/ Monday 02-10-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/share-market-down=2025-02-10-04-50-22.jpeg)
काठमाडौं । शेयरबजारमा सोमबार पनि गिरावट आएको छ । सोमबार शेयरबजार मापक परिसूचक नेप्से १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । अघिल्लो सातादेखि घटिरहेको बजार पाँचौ दिन पनि घट्यो ।
सोमबार बजारसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । सोमबार ७७ कम्पनीको शेयरमूल्य बढ्दा १६१ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस दिन ६ कम्पनीको मूल्य यथावत रह्यो ।
सोमबार १३ उपसमूहमध्ये अन्य र व्यापार उपसमूहको सूचक मात्र हरियो रह्यो भने अन्य सबै उपसमूहको सूचक रातो बन्यो ।
न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ भने बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।
तपाईको प्रतिक्रिया