कैलालीमा बालिकामाथि सामूहिक बलात्कार

सोमबार माघ २८, २०८१/ Monday 02-10-25
Paschim Today

धनगढी । कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ ।  बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् ।

बालिकालाई शनिबार सामूहिक बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । 

उनका अनुसार गोपालले बालिकालाई मासु पकाएर आफ्नो पसलमा ल्याउन भनेका थिए । मासु दिन गएकी बालिकालाई पसलको कोठा लगेर दुवै जनाले करणी गरेका जनाइएको छ । बिहीबारमात्रै धनगढीमा पनि एक बालिकामाथि बलात्कार भएको थियो ।