बालेन शाहलाई अमरेश सिंहको च्यालेन्ज: 'हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ'
काठमाडौं : प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिटलरशैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आपत्ती जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले महानगरले डोजर चलाएर मजदुरलाई घाइते बनाएको भन्दै आपत्ती जनाएका हुन्।
'काठमाडौं महानगरपालिकाका मेयर शाहले हिटलर शैलीमा हिजो कवडाीमाथि डोजर चलाएर त्यहाँ रहेका मजदुरहरूलाई घाइते बनाएका छन्। केही व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ,'उनले भने,'यो तानाशाही प्रवृत्ति रोक्नुपर्छ।'
नेता सिंहले गरिबको झुप्रो नभइ सिंहदरबार भत्काएर देखाउन मेयर शाहलाई चेतावनी समेत दिए। उनले भने,' म बालेन शाहलाई च्यालेन्ज गर्न चाहन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ। हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ। हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ। सक्छौं भने बालुवाटारर शीतल निवास भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन। '
लोकतन्त्रमा जनताको सुरक्षाको ग्यारेन्टी हुने भन्दै उनले मेयर शाह कुन तानाशाही भएर निस्केको हो रु भन्दै प्रश्न समेत गरे। उनले भने,' संघीय सरकारलाई आग्रह गर्न चाहन्छौं हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा बस्ने, जाने र बोल्ने स्वन्त्रता संविधानले दिएको छ। मेयर शाह कुन तानाशाही भएर निस्केको हो रु अहिलेको परिस्थिति देखेर नेपालमा जर्मनीको हिटलर र इटलीको मुसोलिनी नाजीवाद या फासीबाद देखिएको हो।रु
तपाईको प्रतिक्रिया