लागुऔषधसहित बझाङका दुई युवक पक्राउ
मंगलबार माघ २९, २०८१/ Tuesday 02-11-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/khairo-hiroin-1_1_12025-02-11-03-09-22.gif)
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन्।
जिल्लाको बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोहि ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ। उनीहरू दुबै जनालाइ चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट४ किलो ५८७ ग्राम गरि जम्मा ८ किलो ९२६ ग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाको छ।
तपाईको प्रतिक्रिया