फोहोरले नदी प्रदूषित बन्दै

शनिबार फागुन १०, २०८१/ Saturday 02-22-25
Paschim Today

धनगढी, फागुन १० गते  । सरसफाइ अभियान चलेको धनगढी उपमहानगरपालिकामा खुटिया नदी प्रदूषित बन्न थालेको छ ।  जथाभाबी फोहोर फाल्न निषेध गरिएको पालिकामा नदीमै फोहोर फालिएपछि प्रदूषित हुन थालेको हो । धनगढी उपमहानगरपालिका–७, बेली बजार क्षेत्रमा नदीमा फोहोर बढेको देखिन्छ । स्थानीयले प्लास्टिकजन्यलगायत अन्य फोहोर नदीमा फाल्ने गरेका छन् । नदीमा जथाभाबी फोहोर फाल्दा जल प्राणीमा असर पर्ने गर्छ । 

वडा नम्बर ७ का वडाध्यक्ष मोती रानाले पटेला क्षेत्रमा आर्यघाट रहेकाले त्यहाँको फोहोर बगेर बेली बजार क्षेत्रमा पुगेको बताए। बेली बजारवासीले नदीमा फोहोर नफालेको भन्दै उनले थने, “त्यहाँ फोहोर लिनका लागि ट्याक्टर जाने गरेको छ । जहाँसम्म बजारका बासिन्दाले फोहोर फालेका होइनन् । पटेला क्षेत्रमा रहेको आर्यघाटको फोहोर बगेर यता पुगेको हुनु पर्छ ।”

बेली बजारमा बजार व्यवस्थापन समिति रहेकाले समितिसँग पनि बुझ्ने कार्य आफूले गर्ने वडाध्यक्ष रानाले बताए । उनले नदीमा भएको फोहोर उठाउन पहल गर्ने उल्लेख गरे । “सरसफाइका व्रmममा त्यो फोहोर उठाउन म आग्रह गर्छु,” रानाले भने। फोहोरबाट मोहर बनाउने कार्य भइरहेको धनगढीमा जथाभाबी फोहोर फाल्न निषेध गरिएको छ । सडकलगायत सार्वजनिक क्षेत्रमा जथाभाबी फोहोर फालेमा धनगढी उपमहानगरपालिकाले दण्डजरिबाना गर्ने गरेको छ ।