शान्ति आर्दश क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका धामी निर्विरोध

बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–५चौघानपाटामा रहेको शान्ति आर्दश बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम धामी निर्विरोध निर्वाचित भएका छन् ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताको समय भएपनि संगठनहरुको सहमतिमा अखिल क्रान्तिकारीका धामी निर्विरोध क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।
पाँचवटा विध्यार्थी गंगठनले दल दर्ता गरेकोमा संगठनका नेताहरुको सहमतिका आधारमा निर्विरोध स्ववियु नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै स्ववियु उपसभापतिमा नेविसंघका बविन सिंह, सचिवमा अनेरास्ववियुकी शान्ति बोहरा, कोषाध्यक्षमा एकीकृत समाजवादी निकट अनेरास्ववियुका समशेर जाग्री, उपसचिवमा अनेरास्ववियबाट मनिसा खबास निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यमा एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट शान्ति नेपाली, झल्का बुढा, एमाले निकट अनेरास्ववियुबाट समिति सिंह, विप्लव निकट अखिल समाजवादीबाट कल्पना दर्जी, सपना कुमारी जप्रेल र नेविसंघबाट सरस्वति जाग्री चयन भएको निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया