सेती क्याम्पसको स्ववियु सभापतिमा अखिलका दौल्याल निर्विरोध

बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ बगडगाउँमा रहेको सेती क्याम्पसको स्ववियु सभापतिमा दिपेन्द्र दौल्याल निर्विरोध चयन भएका छन् ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताको समय भएपनि अनेरास्ववियुका दौल्याल निर्विरोध क्याम्पसको स्ववियु सभापतिमा चयन भएका हुन् ।
अनेरास्ववियु र नेविसंघ बीच तालमेल हुँदा निर्विरोध स्ववियु नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै स्ववियु उपसभापतिमा नेविसंघका रुपेश खड्का, सचिवमा अनेरास्ववियुकी विमला उपाध्याय, कोषाध्यक्षमा सुमित्रा जोशी, उपसचिवमा सर्मिला थापा निर्विरोध चयन भएका छन् ।
त्यस्तै, सदस्यमा अनेरास्ववियुका पदम गिरी, सुरज रोकाया, रेखा गिरी र पुजा रोकाया चयन भए भने नेविसंघका अञ्जु बोहरा र बसन्ती भण्डारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघ र अनेरास्ववियु गरी दुई संगठनले मात्रै दल दर्ता गरेको थियो ।
तपाईको प्रतिक्रिया