पपुलर इङ्लिश बोर्डिङ स्कुलका कक्षा आठका विद्यार्थीहरूको बिदाइ

पुनर्वास(कञ्चनपुर) ९ चैत ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुलले कक्षा आठका विद्यार्थीहरूको बिदाइ गरेको छ।
शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित विदाई कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीर्घराज ओझाले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना दिदै परिश्रम, अनुशासन र ईमान्दारिताको महत्वबारे प्रेरणादायी सन्देश दिए ।
शुभकामना मन्तव्य व्यक्त गर्दै लेखापाल बिपना जोशीले विद्यार्थीहरूको उज्वल भविश्यको कामना गरिन् ।
अभिभावक तिर्थामाया सुनारले विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाका कारण विद्यार्थीहरूको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गर्दै अनुशासित, परिश्रमी र इमानदार विद्यार्थी बन्न प्रेरित गरिन् ।
कक्षा ८ का छात्रछात्राले विद्यालयमा बिताएका मिठा सम्झनाहरू सुनाउँदै शिक्षकहरूलाई धन्यवाद व्यक्त गरे।
बिदाइ समारोहमा सहभागी अभिभावकहरूले विद्यालय प्रशासन र शिक्षकहरूलाई उत्कृष्ट शिक्षा प्रदान गरेकोमा आभार व्यक्त गरे।
बिदाइ कार्यक्रममा विद्यार्थीहरुले गायन र कविता वाचनसंगै नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले विद्यार्थीहरूलाई मायाको चिनो स्वरुप समूहगत फोटो वितरण गरेको थियो।
कार्यक्रममा बिद्यालयलाई निरन्तर सहयोग गर्दै आएका अभिभावकलाई समेत सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया