धनगढीबाट बझाङ जाँदै गरेको मिनी ट्रक दुर्घटना : चालकसहित तीन जनाको मृत्यु
बुधबार बैशाख १०, २०८२/ Wednesday 04-23-25
Paschim Today

धनगढी । धनगढीबाट बझाङतर्फ जाँदै गरेको एक मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल - १ गोल्डेनमा बुधबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
सु.प.प्र.०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनी ट्रक अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगर निवासी अन्दाजी ३२ वर्षीय अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो। अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ भने प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।
तपाईको प्रतिक्रिया