मिनिट्रक दुर्घटना अपडेट : मृत्यु भएका तीनै जनाको सनाखत
बुधबार बैशाख १०, २०८२/ Wednesday 04-23-25
Paschim Today

धनगढीः धनगढीबाट बझाङतर्फ जाँदै गरेको मिनिट्रक दुर्घटनामा मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ।
मृत्यु हुनेमा ट्रक चालक बझाङको बुंगल नगरपालिका– दहबगरका अर्जुन धामी सहित सोहि ठाउका उज्ज्वल जाग्री र जगत धामी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक तीनै जनाको सनाखत भइसकेको छ ।
बुधवार बिहान सुदूरपश्चिम प्रदेशब ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक डोटीको जोराएलमा दुर्घटनामा परेको थियो।
तपाईको प्रतिक्रिया