चोरी मुद्दाका २ फरार प्रतिबादी १६ वर्षपछि पक्राउ
बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट चोरी मुद्दाका फरार प्रतिबादी १६ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०६६ जेठ १० गतेको आदेशले चोरी मुद्दामा पाँच/पाँच सय रुपैया जरीवाना तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–२ बस्ने ३५ वर्षीय हेमराज जोशी र ३६ वर्षीय शंकर बिष्ट पक्राउ परेका छन्। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनीहरुकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।
तपाईको प्रतिक्रिया