कैलालीको गोदावरीमा पानीमा डुबेर एक वालक घाइते

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25
Paschim Today

धनगढीः कैलालीको गोदावरीमा पानीमा डुबेर एक वालक घाइते भएका छन्।

कैलालीको गोदावरी नगरपालिका–८ खुटीया खोलामा बिहिवार पौडी खेल्ने क्रममा जनक थापा मगरका ११ वर्षीय छोरा प्रवीन थापा मगर घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए। घाइते वालकको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।