दिसाबाट लागुऔषध निकालियो

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25
Paschim Today

कञ्चनपुरः कञ्चनपुरमा एक युवकले २ दशमलव २५ ग्राम लागुुऔषध निलेका छन्।

 

 

जिल्लाको बेदकोट नगरपालिका–६ का अभिषेक धामीले लागुुऔषध निलेका हुन्। धामीलाइ बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको सयुक्त प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ बाट पक्राउ गरेको थियो।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले धामीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनले मुखमा राखेको लागुुऔषध निलेका थिए। उनलाइ महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगि उपचार गर्दा दिसाबाट प्लास्टिक भित्र चुईगमले बेरेकोे २ दशमलव २५ ग्राम लागुुऔषध फेला परेको हो। धामीलाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ।