कर्णाली नदीमा डुबेर एक युवक बेपत्ता

सोमबार बैशाख १५, २०८२/ Monday 04-28-25
Paschim Today

बाजुरा। बाजुराको कर्णाली नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ रुकुम बस्ने वर्ष अन्दाजी २७ का नरेन्द्र परियार रहेका छन् ।

परियार कर्णाली कोरिडोरमा काम गर्ने सिलसिलामा सडक कुनीदेखि खसेर नदीमा डुबेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बाजुरा जगन्नाथ गाउापालिका–६ भुकाखोलास्थित कर्णाली कोरिडोर राजमार्ग अन्तर्गत सडक निर्माण कार्यमा काम गरी रहेको बेला एक्कासी सडकको तल खसेर परिवार कर्णाली नदीमा परेको जिल्ला प्रहरी कार्षलय बाजुराका सुजन अधिकारी जनक बोहराले बताए ।

उनले भने, “अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थनमा पुग्दा निर्माणाधीन सडकबाट अन्दाजी ६० मिटर तल कर्णाली नदीको किनारमा उहाँ खस्नुभएको रहेछ । ”

अहिले स्थानीय प्रहरी तथा नेपाली सेनाको टोलीको सहयोगमा उहाँको नदीमा खोजतलास र उद्धारका लागि पहल भइरहेको प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी बोहराले बताए।