पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार

मंगलबार जेठ ७, २०८२/ Tuesday 05-20-25
Paschim Today

काठमाडौं । आफूविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी फरार भएका छन् । रूपन्देही जिल्ला अदालतले उनीविरुद्ध जेठ १ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

चौधरीमाथि स्थानीय पालिकाकै एक बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप छ । उनको खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।