आज दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य एक लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ । आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।