सुदूरपश्चिम प्रदेशमा एनसेल फाउन्डेसनको सहकार्यमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

बुधबार जेठ २२, २०८२/ Wednesday 06-04-25
Paschim Today

कैलाली- आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ । 

मंगलबार सुदूरपश्चिम प्रदेशको घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय र घोडाघोडी नगरपालिकामा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, स्थानीय गरी ३०० बढीको सहभागीता रहेका थिए । कार्यक्रममा ई-गभर्नेन्स, डिजिटल प्लेटफर्म र डिजिटल सीपको बारेमा साक्षरता प्रदान गरिएको थियो । 

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले आइसिटी ज्ञानले प्रदेशस्तरसम्म पुगेर डिजिटल डिभाइड कम गर्न र डिजिटल समावेशीतालाई प्रवर्द्धन गर्न सघाउने बताइन । 

‘नेपालको डिजिटल रूपान्तरणको लागि देशका हरेक कुना कुनामा डिजिटल साक्षरता पुग्न आवश्यक छ,’ उनले भनिन, ‘आइसिटी ज्ञानमार्फत हामी प्रदेश प्रदेशमा पुगेर डिजिटल डिभाइस घटाउन र समावेशीतालाई प्रवर्द्धन गर्न काम गरिरहेका छौं ।’ 

यस्तै आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल विभेद अन्त्य गर्न र सूचना प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्दै समुदायस्तरबाट सीप विकासले सामाजिक–आर्थिक क्षेत्रमा दिगो परिवर्तन ल्याउने बताए । 

एनसेल सामाजिक उत्तरदायित्व अन्तर्गत अगाडि बढेको आइसिटी ज्ञान कार्यक्रमले देशभर डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।