धनगढीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

शुक्रबार असार २०, २०८२/ Friday 07-04-25
Paschim Today

धनगढी: कैलालीको धनगढीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट २१ वर्षीय शिवराज राना पक्राउ परेका हुन।

अस्थायी प्रहरी बिट, मनेहराबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका रानालाई ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।