भोटेकोशेमा आएको भीषण बाढीले मितेरी पुल, नेपाल-चीन सम्पर्क टुट्यो

काठमाडौँ, २४ असार ।
अविरल वर्षापछि भोटेकोशीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकास्थित मितेरी पुल बगाउदा नेपाल-चीन सम्पर्क टुटेको छ । बाढीले सुख्खा बन्दरगाहमा राखिएका दर्जनौ गाडीहरु बगाएको छ । बाढीले चीनबाट आयात गरिएका दर्जनौ विद्युतीय गाडी (ईभी)हरू बगाएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले मितेरी पुलसंगै सुख्खा बन्दरगाहमा रहेका दर्जनौ विद्युतीय गाडीहरु बगाएको बताएका छन् ।
चीन तर्फबाट आएको बाढीले मितेरी पुल बगाएको हो । बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीमा फसेका व्यक्तिहरुको उद्दारको प्रयास जारी रहेको प्रजिअ पौडेलले बताएका छन् ।
यद्दपि उद्दारका लागि परिचालन गरिएका सुरक्षाकर्मीहरु पनि बाढीमा फसेको बताईएको छ । बाढीबाट ठूलो क्षति भएपनि विस्तृत विवरण आईनसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीमा फसेकाहरुको उद्दारका लागि सेनाको हेलिकप्टर बोलाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया