रसुवा बाढी:  ८ जना उद्धार, १८ जना सम्पर्कविहीन

मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

धनगढी । गत राति रसुवामा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ।  नेपाल प्रहरीले हालसम्म दिएको जानकारीअनुसार १८ जना सम्पर्कविहीन छन्, जसमा ३ जना प्रहरी, ६ जना विदेशी नागरिक तथा ९ जना सर्वसाधारण रहेका छन्।

सुरक्षाकर्मी र उद्धार टोलीको सक्रियतामा ८ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २ जना सुरक्षाकर्मी र ६ जना सर्वसाधारण छन्।

बाढीपछिको संकट व्यवस्थापनका लागि हाल १२० जना प्रहरी परिचालित गरिएका छन्। बाढीले नेपाली र चिनियाँ नाका जोड्ने प्रमुख पुल बगाएको छ भने इभि चार्जिङ स्टेशन पनि क्षतिग्रस्त भएको छ। त्यसका साथै ३ वटा इभि गाडीसमेत बगाएको पुष्टि भएको छ। थप रूपमा, केही व्यापारिक संरचना र होटलमा समेत क्षति पुगेको छ।

रसुवा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरू समन्वयमा उद्धार तथा खोजतलास जारी राखिएको छ। बाढीको विस्तृत प्रभावको मूल्यांकन र थप क्षतिको विवरण संकलन कार्य भइरहेका छन्।