ज्ञानेन्द्र शाहीको प्रश्न- जिबी राई लुकाउन सरकारले कति अर्बमा डिल गर्‍यो ?

मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

काठ्माण्डौँ- विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन माग गरेका हुन ।

उनले यसअघि राईलाई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्रीले त्यसतर्फ चासो नदेखाएको बताए । शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेकोजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्ने भन्दै संङख्याको आधारमा नभएर अपराधको आधारमा समिति बनाउन माग राखे ।

‘जिबी राई कहाँ छन्, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो ? हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ । जिबी राई चाहियो यहाँ । नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी छानबिन समिति हामीले बनाएका थियौँ,’ उनले भने ।