घूस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

काठमाडौँ — बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु ।'

विगत केही दिनदेखि आफ्नो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै भएको उल्लेख गर्दै उनले भनेका छन्, 'कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ ।'

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठिरहेको थियो ।