साफ यू–२० च्याम्पियनसिपमा आज श्रीलंकासँग नेपाल खेल्दै

मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासँग खेल्दै छ । बंगलादेशको बसुन्धरा किंग्समा हुने खेल नेपाली समयानुसार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । 

प्रतियोगितामा नेपाल दोस्रो जितको खोजीमा छ । नेपालले यसअघिका दुई खेलमध्ये एकमा जित र अर्को हार बेहोरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो ।

यता, श्रीलंकाले यसअघिका दुईमध्ये दुवै खेलमा हार बेहोरेको थियो । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ ले, दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।