सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः १ अर्ब ५४ करोड बजेट स्वीकृत
मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

कैलाली । सुदूरपश्चिम विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको विश्वविद्यालयको १३औँ सभाको बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको हो ।
बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो । कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देशन दिए ।
साथै आर्थिक वर्ष २०८१-८२ को नियमानुसार लेखा परीक्षण गराउन पनि उनले निर्देशन दिए ।
तपाईको प्रतिक्रिया