बझाङका रविन्द्र धन्त ब्यान्टमवेटमा भारत विरुद्ध लड्दै
शनिबार श्रावण १८, २०८२/ Saturday 08-02-25
Paschim Today

खेम राज उपाध्याय / कैलाली । बझाङका एमएमए फाइटर रविन्द्र धन्त आज ९(अगस्ट २) मा भारतको ग्रेटर नोएडामा हुने प्रतिष्ठित म्याट्रिक्स फाइटमा प्रतिस्प्रधा गर्ने भएका छन । फाइट नाइट १७ को मुख्य प्रतिस्पर्धामा भारतका चुङग्रेङ कोरेन ‘द इन्डियन राइनो’ सँग उनी भिड्ने भएका हुन।
ब्यान्टमवेट (१३५ पाउण्ड) तौल समूहको उपाधिका लागि हुने यो लडाईं दक्षिण एसियाली एमएमएको इतिहासमै महत्वपूर्ण मानिएको छ। नेपाल र भारतका शीर्ष फाइटरबीचको यो रोमाञ्चक प्रतिस्पर्धाले नयाँ कीर्तिमान रच्ने विश्वास गरिएको छ।
यो खेल बलिउड अभिनेता टाइगर श्राफ र उनको परिवारले सन् २०१९ मा स्थापना गरेको भारतको प्रमुख एमएमए प्लेटफर्म हो। धन्त र कोरेनबीचको भिडन्त आज साँझ भारतीय समय अनुसार ६ बजेपछि सुरु हुनेछ।
तपाईको प्रतिक्रिया