महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा आजपनि चार पांग्रे सवारी साधन आवागनमा रोक
बुधबार श्रावण २२, २०८२/ Wednesday 08-06-25
Paschim Today

कञ्चनपुर । शारदा ब्यारेजको पुलमा आज दोस्रो दिन पनि चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाईएको छ । दोस्रो दिन पनि कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि पुलमाथी चार पांग्रे सवारी साधनहरुको आवागमनमा रोक लगाईएको हो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक रहेको छ । मंगलबार बिहानदेखि नदीमा पानीको बहाव बढेको हो ।
सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण भएकाले जोखिम हुने भन्दै नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्ने बित्तिकै चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने गरिएको छ ।
तपाईको प्रतिक्रिया