बझाङमा घाइते रतुवाको उद्धार
बुधबार श्रावण २९, २०८२/ Wednesday 08-13-25
Paschim Today

बझाङ । बझाङमा घाइते रतुवाको उद्धार गरिएको छ। बुङल नगरपालिका–५ स्थित बस्ती नजिक घाइते अवस्थामा फेला परेको रतुवाको उद्धार गरिएकाे हाे।
नेकपा (एमाले) जिल्ला कमिटी बझाङका सचिव नयन बोहराका अनुसार रतुवाको मुख र खुट्टामा चोट लागेको अवस्थामा भेटिएको थियो। उद्धार गरिएको रतुवालाई तत्काल डिभिजन वन कार्यालय बझाङसँगको समन्वयमा अस्थायी प्रहरी पोस्ट विजगडाको जिम्मा लगाइएको छ।
नेकपा (एमाले) का उपसचिव पंकज भण्डारीले भने, ‘हामी जिल्ला कमिटीको बैठकका लागि बुङल नगरपालिका विजगडा जाँदै थियौं। बस्ती तर्फ जाँदै गर्दा घाइते रतुवा देखेपछि तुरुन्तै उद्दार गर्यौं। वन कार्यालय र सुरक्षाकर्मीको समन्वयमा उपचार गरी पुनः बनमा छोड्न आग्रह गरेका छौं।
उक्त रतुवाको उपचार र संरक्षणको व्यवस्था डिभिजन वन कार्यालय बझाङले गर्ने भएको छ।
तपाईको प्रतिक्रिया