गीतकार खड्काको ‘नगएको भए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ बजारमा

बुधबार श्रावण २९, २०८२/ Wednesday 08-13-25
Paschim Today

काठमाण्डौं,
गीतकार गणेश खड्काले ‘नगएको भए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ बजारमा ल्याएका छन् ।

खड्काले रेकर्ड गरेको दुई वर्षपछि ‘नगएको भए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

खड्काले गीतमा आफ्नो प्रियमान्छेसंगको अपेक्षा व्यक्त गरेका छन् । र, उनी लेख्छन्, ‘नगएको भए हुन्थ्यो बगाई लाने खोलासम्म, पर्खिएको भए हुन्थ्यो म आउने बेलासम्म ।’ छोडी जाने प्रिय मान्छेलाई कहीकतै निष्ठुरी नभनी स्मरण गरेका छन्, अतितका प्रेमील मिठा पलहरु ।

गीतहरुका प्रत्येक हरफ बगेका छन्, नदी झै । हरेक शब्दमा मिठो भाव छ, प्रेमको । अझै आसमा छन्, उनी । कुरिबसेका छन्, बाटो हेरी । र, अपेक्षा गर्दै भन्छन्, फर्किएको भए हुन्थ्यो घुम्तीमाथि लुकिछिपी ।

युवापुस्ताका लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको ‘नगएको भए हुन्थ्यो’ गीतमा महेश खड्काले संगीत भरेका छन् । निता राईले निर्देशन गरेको म्युजिक भिडिओमा अनिश मगर र प्रतिज्ञा भण्डारीको अभिनय रहेको छ । गीतको संगीत संयोजन महाराज थापाले गरेका हुन् ।

दुई सयभन्दा बढि गीत रचना गरेका खड्काका २७ भन्दा बढि रेकर्ड छन् । जसमध्ये १७ गीत बजारमा आएका छन् ।

भोजपुरमा जन्मेका उनको बाल्यकाल त्यही बित्यो । माध्यमिक तहसम्म त्यही पढे । उच्च शिक्षाका लागि धनकुटा पुगे । पढाईसंगै ५० को दशकमा रेडियो नेपालको धनकुटास्थित क्षेत्रीय प्रसारणमा जागीरे भए । त्यही क्रममा उनको परिवार भोजपुरबाट स्थायी रुपमा ईटहरी स¥यो । बसाईसराईको श्रृंखला रोकिएन् । रोजगारीका सिलिसिलामा २००८ मा पूर्वी अफ्रिकाको सेसेल्स पुगे । ५० को दशकदेखि गीत, कविता, नाटक, नियात्रा लेखनमा सक्रिय खड्काको दर्जनौ गीत, कविता र नाटकहरु प्रकाशित छन् । धमनीमा बग्ने रगत झै साहित्य उनको धमनीमा छ । र त जहाँ पुगेपनि पोखिन्छन्, गीतमा । कवितामा । ‘नगएको भए हुन्थ्यो’ गीत उनले सेसेल्समै लेखेका हुन् ।

https://www.youtube.com/watch?v=pKCHPO70e5w