धनगढीमा ग्रील उद्योगभित्र कामदार मृत भेटिए

शनिबार श्रावण ३२, २०८२/ Saturday 08-16-25
Paschim Today

धनगढीः धनगढीमा ग्रील उद्योगभित्र एक जना कामदार मृत अवस्थामा भेटिएका छन्।

धनगढी उपमहानगरपालिका–५ को पूरानो एयरपोर्ट नजिकै रहेको बिरजया ग्रिल स्टील एण्ड आलमोनिय उद्योगभित्र २३ वर्षीय सुनिल भुल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले उनी शुक्रवार बिहान उद्योगभित्र मृत भेटिएको बताएका हुन्।