राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : शंकर पोख्रेल

सोमबार भदौ २, २०८२/ Monday 08-18-25
Paschim Today

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोख्रेलले अहिले संविधान संशोधनको वातावरण नबनेको बताउँदै बहुमत पुग्ने भएपछि संविधान संशोधनको काम पनि अघि बढ्ने बताएका हुन् ।

‘संविधान संशोधनजस्तो विषय एकैपटक प्रवेश गर्ने कुरा हुँदैन । त्यसका लागि वातावरण बनाउनुपर्छ’, उनले भने, ‘राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन । ५/६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छ दुवै दल मिलेर सफलता प्राप्त गर्छौं । अनुकुलता निर्माण गर्छौं । त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्छौं ।’

सरकार निर्माणका बेला नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको पनि उनले दाबी गरे ।