सामसङको नयाँ फोन ग्यालेक्सी ए१७ फाइभजी नेपालमा, २९ हजारमाथि पर्ने फोनमा यस्ता छन् सुविधा

काठमाडौँ । सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । ६.७ इन्चको ९० हर्ज रिफ्रेश रेटसहितको सुपर एमोलेड डिस्प्ले, पातलो र हलुका डिजाइन र लिनियर ग्रुप गरिएको क्यामेरा सेटअपसहितको यो फोन बजारमा आएको हो ।
फोनमा ५० मेगापिक्सेल ओआईएस सहितको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा- वाइड र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेको छ । यसमा जेमनाई इन्टिग्रेसन, जेमनाई लाइभ र सर्कल टु सर्च जस्ता दैनिक जीवनलाई सहज र स्मार्ट बनाउने एआई टुलहरू पनि प्रयोग गर्न सकिन्छ ।
यो फोन एन्ड्रोइड १५ मा आधारित छ र यसमा वनयूआई ७ रहेको छ । फोनमा एक्सिनस १३३० चिपसेट समावेश छ । ५,००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनले २५ वाटको चार्जिङ सपोर्ट गर्छ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित ग्यालेक्सी ए १७ फाइभजी मार्फत आफूहरूले नेपाली उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका बताए । “प्रिमियम डिभाइसमा मात्र सीमित इनोभेसनमा सबैको पहुँच स्थापित हुन सकोस् भन्ने हाम्रो विश्वास हो । ए १७ ले एआई सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ,” उनले भने ।
यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी ५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता सुरक्षा फिचरहरू छन् । साथै यसमा छ वर्षको सुरक्षा अपडेट र ६ ओटा ओएस अपग्रेडको समेत कम्पनीले सुनिश्चितता दिएको छ ।
ग्यालेक्सी ए १७ फाइभजी मार्फत सामसङले नेपालमा आफ्नो मिड-रेन्ज पोर्टफोलियोलाई अझ मजबुत बनाउन खोजेको छ । यसलाई उपभोक्ताका लागि एआई इनोभेसन, स्टायल, परफर्मेन्स, टिकाउपन र पहुँचका हिसाबले उत्कृष्ट संयोजनको रूपमा प्रस्तुत गरिएको छ ।
फोनको मूल्यको कुरा गर्नु पर्दा ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्ट भएको ग्यालेक्सी ए १७ फाइभजीलाई ३४ हजार ९९९ रुपैयाँ छ । त्यस्तै ८ जीबी र्याम तथा १२८ जीबी भेरियन्टको ३० हजार ९९९ रुपैयाँ र ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएकोलाई २८ हजार ९९९ रुपैयाँ पर्नेछ । फोन ग्रिन, सिल्भर र ब्ल्याक गरी तीन ओटा कलर भेरियन्टमा उपलब्ध छ ।
तपाईको प्रतिक्रिया