बंगलादेश र नेपालको राष्ट्रिय टिमबीच दुई फुटबल म्याच हुँदै

सोमबार भदौ १६, २०८२/ Monday 09-01-25
Paschim Today

काठ्माण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच आउँदो शनिबार र आइतबार फिफा इन्टरनेसनल विन्डो खेल हुने भएको छ । 

दशरथ रंगशालामा हुने खेलका लागि तयारी तीव्र पारिएको एन्फाले जनाएको छ । प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकारी एड रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरिएको छ भने खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट गरिने भएको छ ।

दुवै खेलको टिकटिङ अधिकारी एन्फाकै स्वामित्वमा हुने बताइएको छ । टिकट दर भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ र सामान्य पारापिटतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।

बंगलादेशको राष्ट्रिय टोली पर्सि नेपाल आइपुग्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल रंगशालाको मैदानमा व्यवस्था गरिएको छ । 

खेलहरू आयोजनाका लागि करिब १ लाख २७ हजार ५ य १६ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।