मूख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटे

बुधबार भदौ १८, २०८२/ Wednesday 09-03-25
Paschim Today

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच बुधबार भेटघाट भएको छ । 

बुधबार बालुवाटारमा दुई जनाबीच भेटघाट भएको हो ।  

भेटघाटमा सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल भएको छ ।