'सैयारा' को सफलतापछि अभिनेत्री अनित पड्डा नेपालमा, साथीसँग रमाउँदै

बुधबार भदौ १८, २०८२/ Wednesday 09-03-25
Paschim Today

काठ्माण्डौँ । सुपरहिट भारतीय फिल्म 'सैयारा' बाट निकै चर्चामा रहेकी अभिनेत्री अनित पड्डा नेपाल आएकी छन्।

उनी र अभिनेत्री ल्हाक्यिलाको काठमाडौं घुमघामका केही तस्बिरहरू र भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। यी दुईले चर्चित वेब सिरिज ‘ब्याड गल्र्स डोन्ट क्राई’ मा एकसाथ काम गरेका थिए। ल्हाक्यिलाले आफ्नो इन्स्टाग्राममार्फत नेपाल भ्रमणका तस्विर र भिडियोहरू सार्वजनिक गरेकी छन्।

उनले इन्स्टाग्राममा सेयर गरेका तस्विरहरूमा उनीहरू काठमाडौंको बुद्ध स्तूपाको पृष्ठभूमीमा अँगालो हालेर पोज दिएका देखिन्छन्। नेपालका सडकहरूमा घुम्दै र किनमेल गर्दै रमाइलो गरिरहेको तस्बिर समेत देख्न सकिन्छ।

प्रशंसकहरूले उनीहरूको पुनर्मिलनमा खुसी व्यक्त गरेका छन्। थुप्रैले 'बिग गल्र्स डोन्ट क्राई' को दोस्रो सिजनको प्रतिक्षा गरिरहेको पनि बताएका छन्। 

सुपरहिट भारतीय फिल्म 'सैयारा' बाट निकै चर्चामा रहेकी अभिनेत्री अनित पड्डा नेपाल आएकी छन्।