यस्तो छ बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ ११

शनिबार भदौ २१, २०८२/ Saturday 09-06-25
Paschim Today

काठमाडौँ । नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलको पहिलो खेल आज खेल्दैछ । दशरथ रंगशालामा हुने यो खेल साँझ ५: ३० बजेदेखि शुरु हुदैछ । यस खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने एन्फाले जानकारी दिएको छ ।

यस खेलका लागि प्रशिक्षक म्याट रसले शुरुवाती प्लेइङ ११ सार्बजनिक गरेका छन् । जसमा किरण चेम्जोङ (कप्तान ),  गिलेस्पी जङ्ग कार्की, अन्जन बिष्ट, लाकेन लिम्बु, मनिष डाँगी, रोहित चन्द, अरिक बिस्ट, मणि लामा, अनन्त तामाङ,  सुमन श्रेष्ठ, र अभिषेक लिम्बु रहेका छन् ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ खेल भएका छन् । जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल जितेको छ । त्यस्तै ३ खेल बराबर भएका छन् । त्यस्तै फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ ।

यस खेलका लागि एन्फाले आफैले टिकट बेचेको छ । एन्फाका अनुसार भिआइपी प्यारापिटमा एक हजार र सामान्य प्यारापिटमा ५०० टिकट दर निर्धारण गरेको छ । त्यस्तै यस खेलका लागि सामान्यतर्फ ९ हजार र भिआइपीमा एक हजार टिकट बेच्ने एन्फाले जानकारी दिएको छ । बंगलादेशसँग दोस्रो खेल सेप्टेम्बर ९ मा हुने हुने तालिका रहेको छ ।