माईतीघर मण्डलामा जेन-जी भेला हुने क्रम तिव्र

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाण्डौं, २३ भाद्र
स्कुल कलेज जान छोडेर जेन-जी पुस्ता सरकार विरोधी आन्दोलनमा माईतीघर मण्डलामा  जम्मा भएका छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार माईतीघर मण्डलामा जेन जी जम्मा हुने क्रम तिव्र भएको छ । सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको विरोधमा जेन-जी सडकमा उत्रिएका हुन् ।

माईतीघर मण्डलामा जम्मा भएका युवाहरु त्यहाँबाट बानेश्वरस्थित एभरेष्ट होटलसम्म मार्च पास गर्नेछन् ।

माईतीघर मण्डलामा जम्मा भएका उनीहरुले स्वतन्त्र आवाज, हाम्रो अधिकार, ‘जेन-जी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, कता हिडेको ट्याक्स लुटेर लगायतका नारा लेखिएका प्लेड कार्ड बोकेका छन् ।

जेन जीको आन्दोलनलाई काठमाण्डौं महानगरका मेयर बालेन्द्र साह, विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र थुप्र्रै कलाकारहरुले समर्थन गरेका छन् ।