कार्की आयोगले भन्यो– फौजदारी कसूरमा संलग्न जो कोहीलाई कारबाही गर्न प्रतिवेदन पर्खिनुपर्दैन

मंगलबार असोज २१, २०८२/ Tuesday 10-07-25
Paschim Today

काठमाडौं । भदौ २३ र २४ गते को घटना सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई कारबाही गर्न कुनै समस्या नहुने स्पष्ट पारेको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

“फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,” सदस्य विज्ञान राज शर्माले भनेका छन् ।
आयोगले असोज ९ गतेदेखि नै काम प्रारम्भ गरेको बताउँदै आयोगलाई भौतिक एवम् मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
aayog-1759836255.JPG