ओली–लेखकविरुद्ध प्रहरीले जाहेरी लियो, बालेन–सुदनविरुद्ध के गर्ला ?
मंगलबार असोज २१, २०८२/ Tuesday 10-07-25
Paschim Today

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरू काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका सुदन गुरुङविरुद्ध किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् ।
उनीहरूले बालेन र सुदनविरुद्ध सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी गरेको, निजी सम्पत्तिमा क्षति पुर्याएको र प्रहरीको हत्या गरेको आरोपमा किटानी जाहेरी दिन खोजेका छन् । प्रहरीले जाहेरी दर्ता गर्छ कि गर्दैन भन्ने चासोको विषय बनेको छ ।
यसैबीच एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी भने प्रहरीले लिएको छ । आज प्रहरीले जाहेरी बुझ्दै जाँचबुझ आयोगलाई दिने भनेको छ ।
तपाईको प्रतिक्रिया