घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार श्रावण १७, २०८३/ Sunday 08-02-26
Paschim Today
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार र चाँदी चार हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन दुई लाख ८४ हजार र चाँदी चार हजार ३१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।




2026-08-07-04-45-06.jpeg)

तपाईको प्रतिक्रिया